मुल्यवृद्धी गरेर सरकार जनताको शोषण गर्दैछः नेविसंघ

338

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितीले पटकपटक मुल्यबृद्धि गर्दै उपभोक्ता लाई चरम शोषण गर्ने जनतामारा सरकारको विरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले भ्रष्टाचारमा निर्लिप्त ओली सरकारले फेरि पेट्रोलीयम पदार्थको मुल्य वृद्धि गरेर गरीब जनताको ढाड सेक्ने र चुलो बन्द गराउने काम गरेको भन्दै महिनामै कयौंपटक मात्र होइन हप्तैपिच्छे मुल्य बढाएर जनतामाथी बरबरतापुर्बक लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदाङ्गो भएको बताएका छन।

महामन्त्री तिमल्सिनाले पेट्रोलीयम पदार्थमा गरेको मुल्य वृद्धि तुरुन्त फिर्ता गराउन नालायक सरकारका बिरुद्ध कडा आन्दोलनमा उत्रिन आग्रह गरेका छन ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएर एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन ९अन्तर्राष्ट्रियतर्फ० को मूल्य भने यथावत राखेको छ ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।