पाणिनीको पोखराथोकमा सार्वजनिक सुनुवाई सम्पन्न

694

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ५ चैत्र । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले गाउँपालिकाबाट सञ्चालन भएका हरेक योजनामा जनता जानकार हुनु अधिकार रहेको बताउँनुभएको छ ।

पाणिनी गाउँपालिकाको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले वडामा भएका हरेक योजनाको बारेमा जनताले जानकारी लिन पाउँने अधिकार भएको बताउँनुभयो ।

वडामा विनियोजन भएको बजेटको काम पारदर्शी गराउँनका लागी गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै हरेक योजनाको काम पारदर्शी गर्न वडा तथा उपभोक्ता समितीलाई निर्देशन दिनुभयो ।

No description available.

कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले गतवर्ष भन्दा यस वर्ष गाउँपालिकामा भएका योजनाहरुको काम तिव्र रुपले अगाडी बढेको बताउँनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले कार्यपत्र पस्तुत गर्दै ३५.४७ प्रतिशत वित्त प्रगती रहेको बताउँनुभयो । उहाँले वडा नं. २ पोखराथोकमा ४२ योजनाको सम्झौता रहेको र भुक्तानी पक्रियामा रहेका २१ योजना रहेको बताउँनुभयो । उहाँले गाउँपालिका भित्र कुनै पनि सेवाग्राहीलाई झन्झटिलो नहुनेगरी योजना सम्पन्न भई कार्यालयमा कागजपत्र पेश भएको ७ दिनमा भुक्तानी दिने बताउँनुभयो ।

No description available.

कार्यक्रममा स्थानिय उपभोक्ता समिती तथा सरोकारवालाले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका इन्जिनीयर मोहराज पौडेल, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, कृषि शाखा नायव प्राविधिक सहायक दधिराम अधिकारीले जनताको गुनासाको जवाफ दिनुभएको थियो ।

No description available.

कार्यक्रममा वडा अध्यक्ष नेत्रप्रसाद भट्टराईले वडामा भएका हरेक गतिविधीको निगरानी राख्न जनतालाई आग्रह गर्नुभयो ।

कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका प्रतिनिधी तथा कार्यक्रम सहजकर्ता मुक्ती न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय चन्द्रकान्त पौडेल, वडा सचिव गोविन्द विक लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेको अध्यक्षता, सहजीकरण संस्था लुम्बिनी सामाजिक विकास केन्द्रका प्रशासनिक प्रमुख घनश्याम पौडेलको सञ्चालन र गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।