काठमाडौ , ०५ चैत ।

विश्व ज्योतिष महासंघको दक्षिण एसिया समितिको सभापतिमा ज्योतिषी श्रीकेश कौशिकलाई सर्वसम्मत चयन गरिएको छ ।

आज विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौमा केन्द्रीय अध्यक्ष डाक्टर लोकराज पौडेलको उपस्थितिमा बसेको बैठकले कौशिकलाई सभापतिमा चयन गरेको हो ।

जसको उपसभापतिमा जयराम अधिकारी ,त्रीविक्रम पौडेल , अन्जन बनास , बलवीर सिंह भारत , महासचिवमा सुर्यप्रसाद अर्याल , सहमहासचिवमा कपिल अर्याल,उपमहासचिवमा डा विरन्थी विहारी त्रीपाठी भारत , आचार्य मुकेशकुमार गौतम भारत , विनोदकुमार बाबु, प्रचार सचिवमा डा नरपतराज शर्मा, सहकोषाध्यक्षमा प्रज्वल जोशी , सदस्यहरूमा देवराज गौतम , अनिल थापा, अनिल तामाङ, हेमराज गौतम आसाम ,राजेन्द्रकुमार जोप्रा भारत , सरतु वाला किरण माई भारत , शिवानन्द मुरलिधर भारत, अनुदी बनारसी, आचार्य राजेश तिवारी भारतलाई सर्वसम्मत चयन गरिएको सभापति कौशिकले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।

उक्त बैठकमा केन्द्रीय सचिव पामिष्ट चिन्तामणी पोख्रेल , अन्तर्राष्ट्रिय युवा समितिका संयोजक हरिहर अधिकारी , नेपाल ज्योतिष परिषद् केन्द्रीय सदस्य शिवलाल पौडेल , दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले लगायतको सहभागीता रहेको थियो ।