अशोक कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति भयो : प्रमुख सचेतक खाण

314

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेता अशोक कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका पूर्वसांसद कोइरालाको निधनले आफू स्तब्ध बनेको खाणले बताए

कोइरालाको गएराति निधन भएको हो । उनी काँग्रेस मोरङका पूर्व जिल्ला सभापति, संविधान सभा सदस्य, राष्ट्रिय सभा सदस्य भइसकेका थिए । प्रमुख सचेतक खाणले बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।

‘उहाँले नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दी जीवन व्यतित गर्नु भएको थियो ।’

‘उहाँले नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दी जीवन व्यतित गर्नु भएको थियो ।’ रातोपाटीबाट साभार