विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय युवा समितिको सभापतिमा हरिहर अधिकारी

199
काठमाडौ , चैत ०५ ।
विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा केन्द्रीय अध्यक्ष डा लोकराज पौडेलको उपस्थितिमा बसेको बैठकले युवा ज्योतिषी हरिहर अधिकारीलाई सभापतिमा चयन गरेको छ ।
नेपाल,भारत र बंगलादेश गरि तिन देशको प्रतिनिधित्व हुने गरि समिती गठन गरिएको हो ।
जसको उपसभापतिमा अभिजित चक्रवर्ती ( भारत) , हिरेन कुमार रजनिकान्त पाण्डे(भारत),आदित्यराज उपाध्याय , महासचिवमा शिवराज रेग्मी , सह महासचिवमा बाबू विचित्र वेरा ( भारत ), कमल कट्टेल, उपमहासचिवमा अतिन्द्रीय अचार्जी ( बङ्गलादेश ) , सचीवमा जानकी अर्याल , कोषाध्यक्षमा निशा बजगाई, प्रचार सचिवमा विशाल खतिवडा र सदस्यहरुमा कुमार धनराज,प्रकाश भक्त,निशान्त शर्मा, रोहित कुमार झा, अभिनावो सरकार, मेहुल हरिभाइ जोशी , रितेश हरिभाई जोशी,( भारत) प्रकाश उपाध्याय,राजकुमार आचार्य चयन भएको महासचिव शिवराज रेग्मीले जानकारी दिनुभयो ।