केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा नजाने नेपाल समूहको निर्णय

214
File photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले भोलि शनिबार बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान संसदीय दल र केन्द्रीय कमिटीको बैटक बोलाएका छन् ।

नेपाल पक्षको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने जानकारी दिए ।