एमाले अर्घाखाँचीको जनवर्गिय संगठनमा हेरफेर, प्रेस चौतारीको सहईन्जार्जमा खनाल

714

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ६ चैत्र । नेपाल कम्युनिष्ट पार्टी एमाले अर्घाखाँचीले जनवर्गीय सगठनको जिम्मेवारी टुंगाएको छ ।

अखिल नेपाल महिला संघको ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघको ईन्चार्जमा रामबहादुर रायमाझी, सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालको ईन्चार्जमा खुविराम आर्चाय, सहईन्चार्जमा झविन सुनाम, अनेरास्ववियुको ईन्चार्जमा लिलबहादुर विक, सहईन्चार्जमा भरत न्यौपाने,प्रदिप नेपाली चयन भएका छन् ।

त्यस्तै प्रेस चौतारी नेपालको ईन्चार्जमा हिमबहादुर जिसि, सहईन्चार्जमा गणेश खनाल, मुक्ति समाज नेपालकाको ईन्चार्जमा लक्ष्मण नेपाली सहईन्जार्जमा शिवकला विक रहनुभएको जनाईएको छ ।

केन्द्रीय कमिटी सदस्यहरू, जनसंगठनका जिल्ला अध्यक्ष र सचिवहरूसंग संगठन निर्माण, परिचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नु हुँदै नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले गतिशिल संगठन हुने गरि काम गर्ने सगठनका नेताहरूलाई निर्देशन दिनुभयो ।