अशोक खनाल
अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशको प्रथम र देशकै तेस्रो अस्पताल बन्न सफल भएको छ ।
शुक्रबार प्रादेशिक अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड ((Mss)मुल्यांकन तथा समिक्षा गोष्ठी कार्यक्रममा सो जानकारी गराइएको हो।

१५ शैयाबाट बिरामीलाई सेवा दिदै आएको यस अस्पतालले हालै मात्र ५० बेडको स्वीकृत पाएको हो । ३२ बर्ष अगाडि बनेका संरचनामा सेवा दिदै आएको यस अस्पतालले अहिले आइसियु सेवा,डेन्ट्ल सेवा, थाइराइट मेसिन जडान सेवा, फिजियो थेरापी,क्षयरोग पत्ता लगाउने जिन इक्पट मेसिन जडान , गर्भबति महिलाहरुको अप्रेसन सेवा प्रदान गर्दै आइरहेको छ।
भौतिक संरचनाको जटिलतालाई ब्यबस्थापन गर्दै अस्पताल परिसरमै ब्यबस्थित चमेना गृह जस्ता महत्त्वपूर्ण सेवाहरु संचालन गरि रहेको छ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख तथा अस्पताल बिकाश समितिका सभापति कमल प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न मुल्यांकन समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सन्धिखर्क नगरपालिका वडा न. ३ का वडा अध्यक्ष नगर प्रबक्ता तथा निबर्तमान जनस्वास्थ्य प्रमुख लिलाराम गौतम, वडा न २ का वडा अध्यक्ष मोतिजङ रायमाझी , वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे प्रादेशिक सामाजिक बिकास मन्त्रालयका स्वास्थ प्रमुख रोशन लाल चौधरी, गुल्मी अस्पतालका मेसु उत्तम पाच्या, अर्घाखाँची अस्पतालका मेसु कपिल गौतम, अस्पताल बिकास समितिका पुर्ब अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गरेको भन्दै एमडीजिबि डा. सन्तोष न्यौपाने लगायतका स्वास्थकर्मीहरुलाई सम्मान समेत गरियो ।