नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अधिवेशन भोलि सन्धिखर्कमा हुँदै

153

घनश्याम पौडेल , सन्धिखर्क चैत ०६ ।

नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति अर्घाखाँचीको प्रथम अधिवेशन भोलि सन्धिखर्कमा हुँदैछ ।

२०७४/०९/१५ गते नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने ,सचिव सुन्दर भण्डारी र रुपन्देही जिल्ला अध्यक्ष चक्रपाणी डुम्रेको उपस्थितिमा मोतिराज शर्माको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको थियो । सो समितिको कार्यकाल सकिएकोले भोलि सन्धिखर्कमा अधिवेशन हुँदैछ ।

अधिवेशनमा केन्द्रीय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई , केन्द्रीय सदस्य केशव गौतम , लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान , महासचिव ढुण्डिराज ज्ञवाली र सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल लगायतको उपस्थिति रहने जिल्ला सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।