१८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन सफल पार्न संयोजक भट्टराईको आग्रह

299

दाङ , चैत ०६ ।

१८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन – २०७७ सफल पार्न सम्पूर्ण ज्योतिषीहरुलाई नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव तथा सम्मेलनका संयोजक सह प्राध्यापक डा.अर्जुन प्रसाद भट्टराईले अनुरोध गर्नुभएको छ ।

आज नेपाल ज्योतिष परिषद् तुलसीपुर नगर कार्यसमितिले आयोजना गरेको सदस्यता वितरण तथा अतिथि सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भयो । यहि चैत २१ र २२ गते राष्ट्रिय भेलामा देशभरिका ज्योतिषहरुको सहभागीता रहने बताउनु भयो ।

उहाँले दाङमा राष्ट्रिय सम्मेलन गर्न पाउनु दाङ बासीको लागि अवसर भएको भन्दै यस कार्यक्रममा आआफ्नो तर्फबाट क्रियाशील रहन यस संस्थामा आवद्ध ज्योतिषिहरुलाई आग्रह गर्नुभएको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र केही दिनमा पत्रकार सम्मेलन गरि जानकारी दिने उहाले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य केशव गौतम, नेपाल ज्योतिष परिषद पलुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान, नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेशका महासचिव ढुण्डीराज ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अतिथिमा दाङ जिल्ला अध्यक्ष कपिलदेव सुवेदी, लुम्बिनी प्रदेश सदस्य माधवा शर्मा, पार्षदहरु खेमराज अधिकारी, गोपाल प्रसाद रेग्मी, दाङ जिल्ला कोषाध्यक्ष सन्तोष गौतम, दाङ जिल्ला सदस्य यादव देवकोटा, घोराही नगर कार्यसमितिका कोषाध्यक्ष विष्णु कुमार देवकोटा रहनुभएको थियोे ।

कार्यक्रम नेपाल ज्योतिष परिषद् तुल्सिपुर नगरपालिका अध्यक्ष ठाकुर देवकोटाको अध्यक्षता , उपाध्यक्ष रामचन्द्र देवकोटाको स्वागत एवम् दाङ जिल्ला सदस्य सन्जीब देवकोटाको सन्चालनमा सम्पन्न भएको अध्यक्ष देवकोटाले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।