नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको तेस्रो अधिवेशन सम्पन्न , अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित

491
सन्धिखर्क,चैत ०७ ।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति अर्घाखाँचीको तेस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले ज्योतिष विज्ञानको विकासमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । ज्योतिष विज्ञान भएको बताउदै ज्योतिष फलमा अधिकांसको विश्वास रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रीय सचीव तथा सह प्राध्यापक डाकटर अर्जुन भट्टराईले यही चैत २१ र २२ मा दाङको घोराहीमा हुने १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन सफल पार्न सबै अर्घाखाँचीका ज्योतिषी विशेष भुमिका हुनुपर्ने बताउदै नयाँ निर्वाचित समितिलाई क्रीयाशिल भएर लाग्न आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य केशव गौतम, लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य, उपाध्यक्ष केशवराज आचार्य, महासचिव ढुण्डीराज ज्ञवाली, हिन्दु धर्म रक्षा परिषदका अध्यक्ष नारायण खनाल, विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष ज्ञानराज न्यौपाने, पाणिनि वेद विद्याश्रमका प्रधानाध्यापक भेषराज चुँदाली, लगायतले मन्तब्य राख्नु भएको थियो ।
अधिवेशनले मतिराज शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा विष्णुप्रसाद मरासिनी , अनन्त घिमिरे , सुमन्त पोख्रेल , सचीवमा विष्णुप्रसाद आचार्य , सहसचिवमा भेषराज चुँदाली , चिरञ्जीवी पौडेल , कोषाध्यक्षमा नवीन पौडेल , सहकोषाध्यक्षमा पुण्डरिलाल गैरे , सदस्यहरुमा बाबुराम मरासिनी , केशवराज चुँदाली,महेश्वर चुँदाली,पदम प्रसाद चुँदाली,गोपाल प्रसाद पौडेल , गिरिराज खनाल , हेमन्त आचार्य , लक्ष्मण रिजाल , जिवनारायण खनाल, नरेश अधिकारी , कृष्ण पन्थी चयन हुनुभएको छ । उद्धाटन समारोह नेपाल ज्योतिष परिषद अर्घाखाँचीका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता, सचिव विष्णु प्रसाद आचार्यको सञ्चालन र पुण्डरीलाल गैरेको स्वागत मन्तब्यमा सम्पन्न भएको छ ।