सिन्धुली , चैत ०७ ।

दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालले २०७८ सालको भित्तेपात्रो प्रकाशन गरी एक समारोहका बीच सिन्धुली जिल्लाको दुप्चा कुशेश्वर महादेव मन्दीरमा विमोचन गरेको छ ।

नेपाल पंचाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम, राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई , विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल , महासचिव सन्तोष वाशिष्ठ, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट , महासचिव लक्ष्मण पन्थीले आज विमोचन गर्नुभएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्लेले हिन्दुखबरडटकमलाई जानकारी दिनुभयो ।