राष्ट्रिय धर्मसभा नेपालको चतुर्थ केन्द्रीय अधिवेशन सम्पन्न , अध्यक्षमा पुन : भट्टराई सर्वसम्मत

416

सिन्धुली,चैत ०७ ।

राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशन सिन्धुलिको दुप्चा कुशेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ ।

उक्त सभामा बोल्दै प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले धर्म संस्कार र संस्कृतिको संरक्षणका निम्ति सबै एकजुट भएर विधर्मिहरुलाई परास्त गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल , महासचिव सन्तोष वाशिष्ठ, दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रिय अध्यक्ष डा सहदेव विष्ट, महासचिव लक्ष्मण पन्थी लगायतको सहभागी रहेको थियो ।

अधिवेशनले प्राडा माधव भट्टराईको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुर्य प्रसाद ढुङ्गेल , महासचिवमा डा पवित्र बहादुर खड्का , सचिवमा डा पुरुषोत्तम भट्टराई , लेखनाथ न्यौपाने , कोषाध्यक्षमा देविप्रसाद पाठक र सदस्यहरुमा डा लोकराज पौडेल, सन्तोष वाशिष्ठ,लक्ष्मण पन्थी , अरुण पाण्डे , डा माधवप्रसाद पाण्डे , डा अनन्तहरि आचार्य , कृष्णप्रसाद खनाल, डा बलराम उपाध्याय रेग्मी , भरत शर्मा, रामनाथ अधिकारी, वासुदेव आचार्य , शिवशंकर न्यौपाने , डिल्लीराम गौतम , टेकराज पनेरू , खिलनाथ काफ्ले , कमला धिताल , सीता खड्का , विक्किजङ्ग राणा चयन हुनुभएको छ ।