साइन रेसुङ्गाको ५ वटा शाखा एकैपटक केन्द्रीय राजधानी काठमाडौंमा

485

काठमाडौं । प्रदेश नम्बर ५ को रुपन्देही, बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा विकास बैंकको ५ वटा नयाँ शाखा एकैपटक संघीय राजधानी काठमाडौंमा खुलेको छ । केन्द्रीय राजधानी काठमाडौंको नयाँ बानेश्वर, न्युरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक बैंकको नयाँ शाखा विस्तार भएको हो ।

आइतबार एक विशेष समारोहको आयोजना गर्दै बैंकले यी ५ स्थानमा साइन रेसुङ्गा विकास बैंकको नयाँ शाखा विस्तार गरिएको घोषणा गरेको छ । शाखा विस्तार घोषणा गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष धानेश्वर पौडेलले मोफसलको रुपमा रहेर बैंकिङ कार्य गरिरहेको साइन रेसुङ्गाले अब संघीय राजधानी काठमाडौंसँग नेटवर्क विस्तार गर्दै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए ।

सो अवसरमा बैंकको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विगत १२ अघि बैंकको सुरुवातको संघर्षको समय स्मरण गर्दै १२ वर्षपछि राष्ट्रियस्तरको विकास बैंक हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्ना बैंकका सेयर धनी, सेवाग्राही तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले बैंकको अटुट १२ वर्षे यात्रामा साइन रेसुङ्गाले ठूलो आरोह अवरोह पार गर्दै अन्ततः राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाउन सफल भएको बताए ।