“राष्ट्रका लागि युवा” विषयमा भैरहवामा प्रशिक्षण कार्यक्रम सम्पन्न

491
भैरहवा, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सिद्धार्थनगर नगर इकाई भैरहवामा आयोजित “एक संकल्प राष्ट्रका लागि”एवं “राष्ट्रका लागि युवा” विषयमा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक (एस एस पी)श्री सुशील कुमार यादव ज्यु, विशिष्ट अतिथि सामाजिक ब्यक्तित्व श्री राजकुमार गुरुङ ज्यु ,परिषद् का राष्ट्रिय सह संगठन सचिव श्री रमेश कंडेल ज्यु,कार्यक्रम संयोजक श्री बद्री प्रसाद भट्टराई ज्यु, प्रदेश संगठन सचिव श्री बाबुराम मरासिनी ज्यु,परिषद्का नगर अध्यक्ष श्री नारायण प्रसाद कोइराला ज्यु, प्रदेश उपाध्यक्ष श्री कमल कोइराला ज्यु , प्रदेश उपाध्यक्ष श्री बिकास श्रेष्ठ ज्यु , ,नगर सचिव आशिष कुमार भुज ज्यु को आतिथ्यता एवं बिभिन्न दायित्वमा रहनु भएका कार्यक्रता, बिभिन्न शुभचिन्तक एवं बिद्यालय देखि आउनुभएका विद्यार्थी हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य तेसै नगरका परिषद्का अध्यक्ष नारायण प्रसाद कोइरालाले राख्नुभएको थियो ।
कार्यक्रममा “एक संकल्प राष्ट्रका लागि ” भनेर प्रदेश उपाध्यक्ष कोइरालाले सबैलाई राष्ट्रिय संकल्प गराउनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि यादव ज्युले बोल्दै समाज राष्ट्रलाई साचिकै परिवर्तन गर्नका लागि युवाहरूनै एक भएर अगाडी बढ्नुपर्छ, जसरि प्रहरीले आफूले राष्ट्र सेवा गर्न लिएको प्रतिज्ञालाई सम्झेर दिन-रात सेवा प्रदान गर्दछ तेसरिनै राष्ट्रका हरेक युवा जिम्मेवार ब्यक्तिले एक संकल्प राष्ट्रका लागि गर्नुपर्ने कुरामा जोड दिदै समाजका हरेक समस्यालाई सुधार गर्नका लागि युवाहरूलाई आवान गरेका थिए। लुम्बिनी प्रदेश संगठन सचिव मरासिनीले सम्पूर्ण संगठनका गतिविधि एवं कार्यको बिषयमा प्रकाश पारेका थिए। कार्यक्रममा विशिष्ट अतिथि गुरूङ्ग ले परिषद्को गतिविधि एवं कार्यक्रमहरू युवाहरूका लागि अतिनै आवश्यक रहेको र यस्तै सामाजिक संगठनलेनै देशको अवस्थालाई परिवर्तन गर्नसक्ने युवा उत्पादन गर्दछ भन्दै विश्वास ब्यक्त गरेका थिए।
उक्त कार्यक्रमका संयोजक बद्री प्रसाद भट्टराईले मातृत्व,मातृभुमी र मातृभाषा को बारेमा युवाहरूले जानकार हुनुपर्छ, युवा शक्तिलाई राजनीती बाट माथि रहेर स्वतन्त्र रूपमा राष्ट्रिय चिन्तनमा अगाडी बढ्दै नयाँ खोज ,अनुसन्धान र सर्वोपरि हितका लागि काम गर्न सिकाउने बातावरणको सृजना परिषद्ले गरेको कुरा बताउदै औपचारिक कार्यक्रमको अन्त्य गरेका थिए। उक्त कार्यक्रमका प्रशिक्षण लुम्बिनी प्रदेश उपाध्यक्ष विकास श्रेष्ठले विद्यार्थीहरूलाई बिभिन्न ब्यबहारिक कुराहरू ,दैनिक जीवनयापन सम्बन्धि आवश्यक महत्वपूर्ण विषयहरूमा प्रशिक्षण गराउनु भएको थियो, भने “राष्ट्रका लागि युवा” विषयमा परिषद्का राष्ट्रिय सह-संगठन सचिव कँडेलले राष्ट्र प्रथम भावका साथ युवाहरूले जुन दिनबाट काम गर्न थाल्दछन,तव मात्र देशको अबस्था परिवर्तन हुनेछ।
राष्ट्र निर्माणका आधारस्तम्भ युवाहरू समस्या र आलोचना गरेर हैन सकरात्मक चिन्तन ,रचनात्मक कार्य र सेवाको भावले ओतप्रोत हुनुपर्ने बताए। युवाहरूमा पार्टिगत विचार ध्वंसात्मक गतिविधि र ब्यक्तिगत स्वार्थ हावि भएको कारण आज देशको अबस्था पछाडि परेको कुरा बताए। कंडेलले राष्ट्र निर्माणको आधार भनेको असल चरित्र र राष्ट्रप्रेम भएको युवा नै हो तसर्थ युवाहरू समृद्ध र आदर्श राष्ट्र पुनर्निर्माणमा आफ्नो दायित्व पुरा गर्ने संकल्प लिएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिएका थिए। उक्त प्रशिक्षण पश्चात कार्यक्रमको समापन भएको थियो। कार्यक्रमको सञ्चालन परिषद्कि कार्यक्रता वन्दना पाण्डेले गरेकि हुन।