नेविसंघ र त्रिविबीच समझदारी, जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने

273

रिले अनसन बसेका नेविसंघ र त्रिवि पदाधिकारीबीच समझदारी भएको छ।

जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको नेविसंघ नेता भुवन भट्टले हिन्दुखबरलाई बताए।

स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ।

समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

उपकुलपति कार्यालयमा नेविसंघले ४८ दिनदेखि गरिरहेको अनसन सहमतिसँगै अन्त्य  छ।

नेविसंघका नेताहरूलाई अनसन तोडाउन उपकुलपति धर्मकान्त बाँस्कोटा पनि उपस्थित नेविसंघका पुर्व केन्द्रीय काेषाध्यक्ष शिव रिमालले बताए ।

यस्तो छ समझदारी पत्र