गीताको अध्यात्म विज्ञान : शाश्वत सुखको प्राप्ति कसरी ?

129

सयौं वर्ष अघि लेखिएको श्रीमद्भागवत् गीतामाथि अनेक किसिमका विद्वानहरूले विश्लेषण र शोध गरिसकेका छन् । यसमा कसैले यसलाई अद्भूत ज्ञानको सागर मानेका छन् त कसैले यसलाई फगत एउटा कथा संग्रह पनि मान्ने गर्छन् । तर संसारमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको ग्रन्थको सूचीमा समेत समावेश भएको यो ग्रन्थको सहि अर्थ खुट्याउन कमै मान्छे मात्रै सक्षम छन् । जसरी हामी प्रायः हाम्रो दैनिक जीवनमा गलत धारणाको शिकार हुन्छौं जसको कारण सञ्चार दुरी र हामी वास्तविक अर्थबाट वञ्चित हुनु नै हो । गीताको ज्ञानको बुझाइमा पनि यही अभाव खड्किएको देखिन्छ ।

यदि कसैले भगवद्गीताको सारांश सहि बुझ्न सक्छ भने उसले अन्तिम सत्यको अनुभव गर्न सक्छ र रागको बन्धन र दासत्वको दु: खबाट मुक्त हुन सक्छ भन्ने आध्यात्मिक विश्लेषकहरूको मत छ । अर्जुनले पनि महाभारतको युद्ध लड्दा सांसारिक पीडाबाट स्वतन्त्र भएका थिए । यो केवल भगवान् श्री कृष्णले दिएको दिव्य चक्षुको कारणले सम्भव भएको हो र यस दिव्य चक्षुको कारणले गर्दा अर्जुनले कुनैपनि कर्म नगरी युद्ध लड्न सक्षम भए र उनैले जीवनमा मोक्ष पनि प्राप्त गरे।

भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान अरू केही नभएर मान्छेले बुझ्नै पर्ने एउटा अनिवार्य ज्ञान थियो । त्यसैले गीतालाई राम्रोसँग बुझेर अध्ययन गर्ने हो भने यसमा अध्यात्मको सागर भेट्न सकिन्छ भन्ने विद्वानहरूको मत छ ।

कर्म के हो?

गीताले कर्म, भक्ति र ज्ञानलाई मुक्तिको ३ मार्ग मानेर विश्लेषण गरेको छ । त्यसमध्ये कर्म भनेको के हो ? के असल कार्यहरू गर्दा गलत कार्यहरूको प्रभावबाट मुक्त हुन सकिन्छ ? किन मानिसहरूले दुःख भोग्नु परिरहेको छ ? कर्म बन्धन कहिले र कसरी रोकिन्छ ? जस्ता विषय पनि गीतामा समेटिएका छन् । जबसम्म तपाईं कर्मको बन्धनमा पर्नुहुन्छ त्यतिबेलासम्म तपाईं पुनर्जन्म अवश्य लिनुहुनेछ भन्ने गीताको मत छ । गीताले सम्भव भएसम्म मुक्तिको लागि ज्ञान मार्ग रोज्न सुझाव दिन्छ । आत्म चिन्तनमार्फत् आफू को हो ? भनेर पत्ता लगाउनु नै ज्ञान मार्ग हो । हामीलाई कुनै पनि लालसाको अन्त्य हुनु र इन्द्रीय निग्रह नै ज्ञान प्राप्तिका मार्गहरू हुन् । ज्ञान मार्गमा जान नसक्नेहरूको लागि कर्म मार्ग बताइएको छ । आफूले जेकाम गरिन्छ त्यसलाई आशक्तिका साथ र स्वार्थरहित किसिमले गर्नु नै कर्म मार्ग हो र यी दुवै मार्गलाई अपनाउन नसक्नेको लागि भक्तिमार्गको बाटो गीताले खोलिदिएको छ ।

शुद्ध प्रेम के हो ?

गीतामै पनि शुद्ध प्रेम के हो भन्ने परिभाषा राम्रोसँग दिइएको छ । प्रेम शब्दको अहिले यति दुरूपयोग भएको छ कि हरेक चरणमा यसको अर्थको बारे प्रश्नहरू खडा हुन्छन् कि यदि यो सच्चा प्रेम हो भने मान्छेले त्यही प्रेममाथिको घृणा कसरी उत्पन्न गर्न सक्छ ?

केवल ज्ञानी पुरुषलाई मात्रै प्रेमको जीवन्त मूर्ति मान्ने गरिन्छ । उनीहरूले नै हामीलाई प्रेमको सही परिभाषा बताउन सक्दछन् । साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि । सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ । संसार यस्तो प्रेमले निर्दोष देखिन्छ कि यस प्रेमले नै कोही कोही मान्छेलाई पनि भगवान जस्तो देखिन्छ । संसारमा कुनै साँचो प्रेम छैन । साँचो प्रेम केवल एक व्यक्तिमा मात्र हुन सक्छ जसले आफ्नो प्राणलाई पूर्णरूपले चिनेको हुन्छ ।

तपाईं को हो ?

गीताले तपाईं को हो भनेर प्रश्न गर्न सक्ने बनाउँछ । अध्यात्मले जहिले पनि तपाईं को हो ? भन्ने प्रश्नको खोजी गर्न सिकाउँछ । तपाईंले आफूलाई एउटा छोरा सम्झिनुहुन्छ भने तपाईं कसैको बाबु पनि हो, साथी पनि हो, पति पनि हो । समग्रमा भन्दा तपाईं स्वयं ब्रह्माण्ड नै हो । तर तपाईंले आफूलाई या त पति सम्झिनुहुन्छ या त पुत्र या त साथी । तर योभन्दा माथि रहेको तपाईंको परिचय खोज्न आध्यात्मिक मार्ग अपनाउनै पर्छ ।

हामी सुरुमा ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर थाहा नपाइकनै आफ्नो नयाँ परिचय बनाउँछौं । जीवनमा सबै दु: ख यसको वास्तविक पहिचान थाहा नहुनाले यो समस्या निम्तिने गरेको हुन्छ । जबसम्म तपाईं आफ्नो वास्तविक आत्मानुभव गर्नुहुन्न, त्यतिबेलासम्म तपाईंले आफैँलाई दिएको त्यो अस्थायी नामबाट चिनाउने गर्नुहुन्छ । वास्तवमा हामी स्वयं अनन्त आत्मा भएकोले पनि हामी को हौं भन्ने पत्ता लाग्न सक्दैन । आत्मा अनन्त जन्मदेखि नै अज्ञानको आवरणमा थियो । यस कारणले गर्दा हामी आफैंलाई अनुभव गर्न असमर्थ हुन्छौं । यही असमर्थतालाई गीताले समर्थ बनाउने कोसिस गर्छ । अनलाइनखबरबाट