नेपाल ज्योतिष परिषद् कपिलवस्तुको अध्यक्षमा पोख्रेल

204

कपिलवस्तु,चैत १० ।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिती कपिलवस्तुको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको उद्धाटन सत्रमा प्रमुख अतिथी नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य सुन्दर भण्डारी,विशीष्ट अतिथी लुम्बीनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने, कोषाध्यक्ष खिमप्रसाद पौडेल,योगाचार्य कमल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनले दामोदर पोख्रेलको अध्यक्षतमा नयाँ जिल्ला कार्य समिती गठन गरेको छ ।

जसको उपाध्यक्षमा सिता लम्साल पौडेल,रामचन्द्र ओस्ती,आनन्द प्रसाद भुसाल, सचिवमा प्रकाश पौडेल,सहसचिवमा विष्णुप्रसाद ढकाल,कोषाध्यक्षमा रिसवीराम भण्डारी, सहकोषाध्याक्षमा डिलाराम न्यौपाने र सदस्यहरुमा दिपसरा सारु,शालिकराम सापकोटा र पूष्कर अधिकारी चयन हुनूभएको छ ।

बाँकि रिक्त पदहरुमा आगामी १२ गते बैठक बसि कार्यसमितीलाई पुर्णता दिइने नवनिर्वाचित अध्यक्ष पोख्रेलले हिन्दुखबरलाई जानकारी दिनुभयो ।