विश्व ज्योतिष महासंघ वाग्मती प्रदेश सभापतिमा उपाध्याय

1496

काठमाडौ , चैत १० । विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लीबजारमा केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेल र दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय महासचिव लक्ष्मण पन्थिको उपस्थितिमा बसेको बैठकले ज्यो हिरालाल उपाध्यायलाई विश्व ज्योतिष महासंघको सभापतिमा चयन गरेको छ ।

जसको उपसभापतिमा केदारनाथ गौतम , महासचिवमा सन्तोष हमाल , सचीवमा धर्मानन्द जोशी र कोषाध्यक्षमा महेश्वरा मिश्र भट्टलाई चयन गरिएको छ ।