अर्घाखाँचीमा भिडभाड हुँने कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

716

अशोक खनाल
अर्घाखाँची, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सभा, सम्मेलन, जमघट गर्न रोक लगाउने निर्णय गरेको छ । बुधबार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा अत्याधिक भिड्भाड हुने सभा समारोह आयोजना गर्न रोक लगाउँने निर्णय गरेको हो ।

बैठकले छिमेकी मुलुकबाट जिल्ला भित्रिएका र संक्रमितहरुको परिक्षणका लागि आवश्यक एन्टिजेन किट लुम्बिनी प्रदेश सामाजिक विकाश मन्त्रालय स्वास्थ निर्देशनालयसंग माग गर्ने,नजिकिदै गरेको होली पर्व भिडभाड नहुँने गरी आफ्नै घर परिवारसंग मिलेर मनाउन अनुरोध गर्ने साथै जन समुदायलाई स्वास्थ सुरक्षा सर्तकर्ता अपनाउन आह्रवान् गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली सेनाका सेनानी लेखनाथ कटुवाल, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , निमित्त जिल्ला समन्वय अधिकृत सृजना भुसाल, अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, मेडिकल असिस्टेन्ट डा. कपिल गौतम, स्वास्थ कार्यलयका प्रमुख पुस्पा थापा, साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, खोप अधिकृत राम प्रसाद गौतम स्वास्थ कार्यलय का सुचना अधिकारी बिजय बिकलगायतको उपस्थिति रहेको थियो ।