सत्ता पाएपछि ओलीले चरित्र गुमाएः काँग्रेस नेता महत

361

घनश्याम पौडेल
अर्घाखाँची, ११ चैत्र । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस अर्घाखाँची प्रदेश क्षेत्र नं. १ ले आयोजना गरेको सन्धिखर्कमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतले ओली सरकार नैतिक रुपमा पतन भएको बताउँदै सत्तामा बसिरहनु उचित नहुने जिकिर गरे । ओली सरकारले राजनीतिमा नैतिकता गुमाएको बताउँर्द सत्ता मोह बाहेक केही स्वार्थ नरहेको टिप्पणी गरे ।

नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको बताउँदै दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको बताए ।
कार्यक्रममा काँग्रेस प्रतिनिधी सभाका सचेतक पुष्पा भुसालले ओलीलाई सत्ताको मोह बाहेक केही नभएको बताईन । उनले काँग्रेस सरकारमा जान हतार नगरेको बताईन । उनले प्रधानमन्त्री ओली सत्तामा बसिरहन नैतिकताले नदिने बताईन ।

काँग्रेससँग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस कार्यक्रममा पुर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, जिल्ला सभापति विष्णुप्रसाद मुस्कान, पुर्ब सभापति पिताम्वर शर्मा , कमल प्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, विष्णुप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम काँग्रेस प्रदेश सभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति केशवराज कुवरको अध्यक्षता र सचिव ताराप्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।