नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको बैठक सम्पन्न

525

सुर्खेत, चैत १२ सुर्खेत ।

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको बैठक सुर्खेतको होटल रोयल पार्कमा सम्पन्न भएको छ ।

बैठकमा गोविन्दप्रसाद शर्मा सल्यान , गोपालप्रसाद रेग्मी रुकुम , पुण्यप्रसाद शर्मा जाजरकोट , टिकाराम गैयाराम रुकुम , जानकिदत्त प्याकुरेल जुम्ला , हरिशंकर आचार्य सुर्खेत, रामशंकर उपाध्याय, हरिशंकर उपाध्याय ,आदित्यराज उपाध्याय ,विष्णु चौलागाईं उपस्थिति रहेको थियो ।

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ढाकाराम अधिकारी, याम प्रसाद अधिकारी, महासचिव विष्णुप्रसाद अधिकारी,शोभाखर अधिकारी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले कर्णाली प्रदेशलाई सशक्त तरिकाले विधान अनुरुप अगाडी बढ्ने आगामी चैत २१ र २२ मा लुम्बिनी प्रदेशको दाङ्गमा हुने १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलनमा उपस्थित भै काम गर्ने निर्णय गरेको छ ।

साथै कर्णालिका अबै जिल्लामा दर्ता प्रक्रिया सदस्यताको संख्या वृद्धि गर्ने निर्णय गरेको बैठकको अध्यक्षता ग्रहण गर्नुभएका नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा गौरीशंकर शर्माले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।