काठमाडौँ,चैत १२ ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय सचिवालय समितिको बैठक केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पन्न भएको छ । बैठकमा यहि चैत २१ र २२ गते लुम्बिनी प्रदेशको दाङ्गमा गर्ने भनिएको १८ औँ राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन सम्बन्धमा , भक्तपुर , अर्घाखाँची , कपिलवस्तु र सिन्धुलि जिल्ला अधिवेशन सम्बन्धमा छलफल भएको छ ।
बैठकले १८ औँ राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलनका संयोजक एवम् नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचीव सहप्राडा अर्जुनप्रसाद भट्टराईले दिनुभएको निवेदन सम्बन्धमा व्यापक छलफल गरि नेपाल ज्योतिष परिषद् केन्द्रीय सचीवालय समितिले मिति २०७७ चैत २१ र २२ गते दाङ्ग जिल्लाको घोराहीमा राष्ट्रिय सम्मेलन गर्ने र यसको संयोजन र व्यवस्थापन लुम्बिनी प्रदेश समितिले गर्ने , विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति , दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति तथा नेपाल ज्योतिष परिषद् दाङ्ग जिल्ला समिति सहयोगी रहने गरि निर्णय भएकोमा नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति , संयोजन समिति , सहयोगी संस्थाहरु सबैले अत्यन्त उत्साहित रुपमा काम गरिरहेको अवस्थामा , कोरोना महामारीको प्रकोप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पुन : फैलिदै गएको हुँदा सबैलाई आआफ्नो तर्फबाट देखाउनुभएको कृयाशिलता र विशेषत: लुम्बिनी प्रदेश समिति , दाङ्ग जिल्ला समिति , कार्यक्रम संयोजन समितिका संयोजक सहप्राडा अर्जुनप्रसाद भट्टराई लगायत त्यहाँ गठित उपसमितिका सबै संयोजक एवम् सदस्यहरु साथै उक्त सम्मेलनका लागी सहयोग गर्न अत्यन्त उत्साहका साथ सहयोग गर्न तयार लुम्बिनी प्रदेश सरकार र दाङ्ग जिल्लाका विभिन्न स्थानीय तहहरुलाई विशेष धन्यवाद दिँदै स्थिति अनुकुल नभएसम्मका लागी प्रस्तावित भएको १८ औँ राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दर्शन सम्मेलन स्थगित गर्ने निर्णय भएको केन्द्रिय अध्यक्ष ज्यो माधवराज पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै बैठले अर्घाखाँची जिल्लामा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएकोले अधिवेशन सम्पन्न गर्न अहोरात्र खट्ने त्यहाँको पुर्व समिति र अधिवेशन सम्पन्न गराउने सम्पुर्ण टिमलाई विशेष आभार प्रकट गर्ने , कपिलवस्तुमा भएको अधिवेशनमा भने त्यहाँका जिल्ला अध्यक्ष , केन्द्रीय प्रतिनिधि र केन्द्रीय समितिलाई जानकारी नै नगराई गरिएकोले उक्त अधिवेशनमा सहभागी सम्पुर्णको साधारण सदस्यताको विवरण एक हप्ता भित्रमा केन्द्रीय समितिमा पठाउनुपर्ने , सिन्धुली जिल्ला समिति विस्तार तथा अधिवेशन सम्पन्न गर्नको लागि केन्द्रीय सदस्य केदारप्रसाद भण्डारीलाई प्रतिनिधि तोकिएको सचिवालय सदस्य आचार्य लक्ष्मण पन्थीले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष ज्यो माधवराज पाण्डे , उपाध्यक्ष लेखनाथ न्यौपाने , महासचिव कमलप्रसाद काफ्ले , उपमहासचिव वेदराज पन्त , संगठन सचिव याम प्रसाद पौडेल , वरिष्ठ केन्द्रीय सदस्यद्वय सन्तोष वाशिष्ठ,लक्ष्मण पन्थी , केन्द्रीय सदस्यहरु खिलनाथ काफ्ले , शिवलाल पौडेल , केदारप्रसाद भण्डारी , कार्यालय सचिव ज्ञानेन्द्रप्रसाद जोशी र वासुदेव गौतम लगायतको सहभागी रहेको थियो ।