अनिल नेपाली
अर्घाखाँची, १३ चैत्र । अर्घाखाँची आउदै गरेको बोलेरो जिप कपिलवस्तुको गोरूसिङगे-पथ्थरकोट सडक खण्डमा दुर्घटना हुदाँ २ जना घाईते भएका छन् ।
बुटवलबाट किराना पसलको सामान बोकेर अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको लु २ च ७०२५ नम्बरको गुडिरहेको जिप सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा सन्धिखर्क १२ का २६ बर्षिय जिप चालक बिपल श्रेष्ठ र रूपन्देही शुद्दोधन गाउँपालीका २ का २८ बर्षिय नागेश्वर थारू घाईते भएका छन् ।
घाईते दुबै जनालाई थप उपचारका लागि बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय गोरूसिंङगेका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए ।
दुर्घटनामा जिपमा क्षेति भएको प्रहरीले जनाएको छ । गतिमा डौडिरहेको जिप खाड्ल परेको सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा गएर ठोक्किएर दुर्घटना भएको जनाईएको छ ।