अनिल नेपाली
अर्घाखाँची, १३ चैत । सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक किशोरले नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान दिने बताएका छन् ।
सन्धिखर्क नगरपालिका आलु तथा तरकारी पकेट सञ्चालन समन्वय समितिद्धारा वडा नं. ८ मा आयोजना गरिएको आलु तथा तरकारी पकेट कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले यस्तो बताए ।
वास्तविक किसानको पहिचान गरेर नगरपालिकाले कृषकलाई पेन्सनको समेत व्यबस्था गर्न बताउदै कृषकलाई व्यबसायिक रुपमा कृषि पेशा अगाल्नको लागि आग्रह समेत गरेका छन् । कार्यक्रम वडा नं. ८ का वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालले कृषकलाई प्रोत्साहन गर्न सकेमा समृद्धि र विकास हुने बताउदै बास्तविक किसानको पहिचान गर्नुपर्ने बताए ।
कार्यक्रममा कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, वडा सदस्य नारायण अर्याल, कमला सुनार, कमल पराजुली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समन्वय समितिकाका संयोजक नेत्र पराजुलीको अध्यक्षता, सचिब राम प्रसाद सापकोटाको सञ्चालन र वडा सदस्य देबी थापा भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।