गन्धर्ब समुदायका २८ घरपरिबारमा नगरपालिकाद्धारा निःशुल्क बिमा

307

अनिल नेपाली
अर्घाखाँची, १३ चैत्र । सरकारले सीमान्तकृत पिछडिएका समुदाय तथा विभिन्न वर्गका लागि विशेष कार्यक्रम बेला बेलामा ल्याउने गरेको पार्इन्छ । आकर्षक नारासहितका कतिपय कार्यक्रम विगतमा कार्यान्वयन नभएर अलपत्र परेका थिए । तर यसपालि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले वडा नं. ९ मा रहेका गन्धर्ब समुदायका २८ घरपरिबारको स्वास्थ्य बिमा कार्यक्रम आज देखि लागु गरेको छ ।

कार्यक्रमको सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले ७० बर्षीय जेष्ठ नागरिक भुप बहादुर गन्धर्बलाई स्वास्थ्य विमाको कार्ड दिएर औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले आर्थिक अबस्था कमजोर भएका विपन्न दलित गन्धर्ब बादी समुदायको लागि नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताउदै गन्धर्ब समुदायको जिविकोेपार्जनको लागि समेत नगरपालिकाले विशेष किसिमको कार्यक्रम कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको थियो कार्यक्रम वडा नं. ९ का वडाअध्यक्ष देब बहादुर रायमाझीको अध्यक्षता शाखा प्रमुख बेलकुमारी परियारको सञ्चालन रु कार्यपालिका सदस्य सिर्जना विकको स्वागतमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्य कमला भुसाल, मनकला परियार, समाजसेबी ठाकुर गन्धर्ब लगायतको उपस्थिति रहेको थिया