सन्धिखर्क १२ मा कटाई सिलाई र साबुन बनाउने तालिम सुरु

396

बसन्त श्रेष्ठ छापेली
अर्घाखाँची, १३ चैत्र । लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले महिलाहरुको आत्मनिर्भरता सम्बृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको आयोजना तथा सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था सन्धिखर्क नगरपालिका वडा नं १२ को समन्वयमा भएको महिलाहरुका लागि ३ महिने कटाई सिलाई तालिमको उद्घाटन गर्दै आचार्यले महिलाहरुको परनिर्भरतालाई शुन्यमा लैजानु पर्नेमा जोड दिनुभयो ।

१५ दिने साबुन र सिलाई कटाई तालिमको संयुक्त रुपमा उद्घाटन गर्दै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष समेत रहनुभएका नेता आचार्यले परिवारका सबै सदस्य आयआर्जन र आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

कृष्टिना एण्ड कृष्टल इन्टरनेश्नल कन्सलटेन्सी तालिम प्रदायक रहेको कार्यक्रममा उहाँले लुम्बिनी प्रदेश सरकारले महिला तथा युवाहरुका लागि आय आर्जन र आत्मनिर्भर बनाउन बिभिन्न सीपमूलक तालिमको व्यवस्था गरेको बताउनुभयो । सिकेको सीपलाई व्यवहारमा उतार्ने गरी लाग्न जोड दिदै नेता आचार्यले सहकारीको माध्यमबाट जीवीकोपार्जन र सम्बृद्ध वडा बनाउने अभियानमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।

अर्को फरक प्रसंङ्गमा नेता आचार्यले सनपा १२ लाई खानेपानी, शिक्षा, स्वास्थ्य र विकासका आधारभूत पूर्वाधारको हिसावले कुनै कुरामा पछाडी नपार्ने गरी चालिएको संघ प्रदेशको कदमलाई अझ बृद्धि गरिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख नरेन्द्र बेल्बासेले लुुम्बिनी प्रदेश सरकारले महिलाहरुका लागि सिप विकास र आय आर्जनमा प्राथमिकता दिएका कारण सनपा १२ बासीले तालिमको अवशर पाएको बताउनुभयो ।

उहाँले सूर्योदय बहुउद्देश्यीय सहकारीले वडाभित्रका महिला तथा युवाको मागलाई सम्बोधन गरेको भन्दै प्रभावकारी समन्वयले आगामी दिनमा समेत सहकार्य गर्न सहज भएको बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं १२ का वडा सदस्य तथा कार्यपालिका सदस्य हिमकला टमाटा, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवलाल श्रेष्ठ, ऋण उपसमिति सदस्य मधुकुमार श्रेष्ठ, सहकारीका सल्लाहकार नगेन्द्र खनाल, नेकपा एमाले जिल्ला कमिटि कार्यालय सदस्य जनार्दन खनाल लगायतले तालिम सफताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सहकारीका पार्वता श्रेष्ठले स्वागत मन्तब्य, सिएण्डसी कन्सलनेन्सीका कार्यकारी निर्देशक ठाकुर घिमिरेले कार्यक्रमको बिषयवस्तु माथि प्रकाश पारेको कार्यक्रममा कन्सलटेन्सीका अध्यक्ष धर्मराज घिमिरेको अध्यक्षता र सहकारीका बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा एमाले भुमिकास्थान नगरकमिटि अध्यक्ष राजेन्द्र आचार्य, युवा संघका केन्द्रीय सदस्य भेषराज क्षेत्री, सिलाई कटाई प्रशिक्षक माया आले, साबुन सरप प्रशिक्षक दीपा श्रेष्ठ, सहकारीका सचिव प्रकाश श्रेष्ठ, डार्बिन बस्याल लगायतको आथित्यता रहेको थियो । २०/२० जना सहभागी रहेको कटाई सिलाई ३ महिना र साबुन सरप बनाउने तालिम १५ दिन सम्म चल्ने छ ।