उदयपुर । उर्जामन्त्री टोपबहादुर रायमाझीलाई उदयपुरको कटारी नगरपालिका–४ मरुवामा स्थानीयले लखेटेका छन्।
कटारी र सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको विवाद मिलाउन आएका ऊर्जामन्त्री रायमाझी स्थानीयबाट उल्टै लखेटिएका हुन्। ऊर्जामन्त्री स्थानीयको विरोधपछी बिनानिष्कर्ष कटारी–४ मरुवाबाट फर्किएका छन्।
हेलिकोप्टरबाट कटारी आएका मन्त्री रायमाझीलाई स्थानीयले अवरोध पुर्याएका मरुवामा पुगेका मन्त्री रायमाझीविरुद्ध स्थानीयले चर्को नाराबाजी गरेका थिए।
स्थानीयले लखेट्न थालेपछि मन्त्री रायमाझीलई प्रशासन र बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा मरुवाबाट कटारी नगरपालिकातर्फ सुरक्षित स्थानमा लगिएको थियो।
मन्त्री गाउँमा पुगेलगत्तै स्थानीयले घरबास उठ्ने भन्दै कोरिडोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए। मन्त्री रायमाझीले ‘सुरक्षाकर्मी परिचालन गरेर भए पनि मरुवामै टावर राख्ने भनेपछि’ स्थानीयले नाराबाजी गर्दै मन्त्रीलाई लखेटेका मरुवाका स्थानीय दीपक राउतले बताए।
आक्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाकर्मीले मन्त्री रायमाझीलाई घेरा हालेर सुरक्षित स्थान नगरपालिका लगेको थियो।
टावरको रुट परिवर्तन गर्नुपर्ने, नगरे गाउँ नै जोखिममा पर्ने स्थानीय डाकबहादुर थापा बताउँछन्। मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ। उक्त क्षेत्रमा स्थानीयले क्षति पुर्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन्।
लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको थियो। प्रसारण लाइनको बाटो ९राइट अफ वे० मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन्।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४।५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन ९तार० टाङ्ने कामसमेत सकिएको छ।
नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता ९पिपिए० गरेको छ। कटारी ४ मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन्।
स्थानीयले मन्त्रीविरुद्ध ुऊर्जा मन्त्री मुर्दावाद, सेना परिचालन गरे, गोली थाप्छौुं भन्दै चर्को नाराबाजी संकेत गरेका थिए। यतिबेला मन्त्री रायामाझीलाई लखटेको भिडियो संञ्जालमा चर्चामा आएको छ। #थाहा खबरको सहयोगमा