कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा “सन्धी” मुखपत्र बिमोचन

289

श्याम घिमिरे । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्धारा प्रकाशित ‘‘सन्धि” मुखपत्रको बिमोचन तथा सम्मान कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रमा आयोजित कार्यक्रममा मनतब्य राख्दै केन्द्रका मानार्थ संरक्षक तथा अर्घाखाँची जिल्ला अदालतका न्यायाधिश बासुदेब न्यौपानेले कर्मचारी एउटा कर्मचारी मात्र नभई समाजको अगुवा भएको भन्दै देश बिकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले आशा भरोसा र विस्वासको केन्द्र कर्मचारी मिलनकेन्द्र भएकोले विगतमा भएका कमिकमजोरीहरुलाई हटाउँदै राष्ट्र निमार्णका लागी सबै एकजुट भएर अगाडी बढ्नुको बिकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका पुर्ब अध्यक्ष दलबहादुर केसी, पुस्तक सम्पादन मण्डलका सदस्य एवं सिबिए अध्यक्ष झबिन्द्र खनाल,पत्रकार महासंघ प्रदेस सदस्य शोभाखर पन्थी,अशोक खनाल लगायतले शुभकामना मनतब्य राख्दै पुस्तक प्रकाशनको प्रसंसा गर्नुभएको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिमबहादुर रानाको अध्यक्षता, उपाध्यक्ष सरीता महतको स्वागत मनतब्य र सहायक प्रजिअ बिक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्बअध्यक्षहरु दलबहादुर केसी, बलराम मिश्र र लिलबहादुर राउत क्षेत्रीलाई सम्मानपत्र सहित सम्मान गरीएको थियो । यस्तै पुस्तक प्रकाशनमा सहयोग गर्ने पाणीनि बहुमुखि क्याम्पसका प्रध्यापक माधबराज चुँदाली र सरकारी वकिल कार्यालयका जगदिश्वर पाण्डेलाई पनि सोही अबसरमा सम्मान गरीएको हो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।