हिन्दुखबर संवाददाता
अर्घाखाँची, १४ चैत्र । नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको १६ औँ विस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले नेकपा एमाले नेपाल पक्षको समानान्तर समिती गठन गरेको हो । नेकपा एमालेका तत्कालिन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर समितीको गठन भएको हो ।
बैठक नेकपा एमाले जिल्ला कमिटिका सचिव राम बहादुर चौहानको अध्यक्षता, सचिवालय सदस्य भविश्वर पाण्डेको स्वागत मन्तव्य र सचिवालय सदस्य सिद्धिप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
बैठकले ७० सदस्यीय नेकपा एमाले जिल्ला कमिटिको पुर्नगठन गर्नुको साथै कार्य विभाजन समेत गरेको छ । बैठकले यहि चैत्र मसान्त भित्र पार्टिका पालिका, वार्ड र टोल तहका कमिटिहरु पुर्नगठन गर्ने, जनसंगठनका जिल्ला पालिका, वार्ड र टोल तहका कमिटिहरु पुर्नगठन समेत गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदस्य एंम पुर्व जिविस सभापति पिताम्बर भुसाल पुर्व संविधान सभा सदस्य एवं नेकपा एमालका नेता डा.दुमन थापा, नेकपा प्रदेश कमिटि सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाल, युवासंघ नेपालका केन्द्रिय सचिव शुसिल भट्टराई, विद्यार्थी नेता नारायण सर्मा, वावुराम पन्थी लगायतले मन्तब्य राख्दै नेकपा एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बडाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । बैठकका अध्यक्ष राम बहादुर चौहान द्धारा प्रस्तुत महत्वपुर्ण निर्णयहरु पारित गरिएको थियो ।