अखिल क्रान्तिकारी अर्घाखाँचीको सम्मेलन नजिकियो, तयारी तिव्र

359

हिन्दुखबर संवाददाता
अर्घाखाँची, १४ चैत्र । अखिल क्रान्तिकारी अर्घाखाँचीले सांगठनिक संरचना सँगै भित्तेलेखन तिव्र पारेको छ ।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्वियु क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले जिल्ला सम्मेलन नजिकिए सँगै प्रचारप्रचार अभियान सांगठनिक अभियानलाई तिब्रता दिएको छ ।

जसअन्तर्गत जिल्लाका विभिन्न सार्बजनिक स्थल, स्कुल लगायत ठाँउमा भिते लेखन गरिएको अध्यक्ष नविन खड्काले बताए ।

भिते लेखनमा समान शिक्षा लागु गर, बैज्ञानिक समाजबादी व्यबस्थाका लागि वैज्ञानिक शिक्षा लागु गर एकीकृत जनक्रान्ति जिन्दाबाद लगायतका नाराहरु लेखेको अखिल क्रान्तिकारी जिल्ला समितिले जनाएको छ ।