माओवादी केन्द्र सन्धिखर्क नगरको विस्तारित बैठक सम्पन्न

270

अर्घाखाँची, १४ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगर कार्यालयको बिस्तारित बैठक सन्धीखर्कमा सम्पन्न भएको छ।

माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु बैठकमा नगर कमिटी अन्तरका जिल्ला कमिटीका सदस्य तथा जिल्ला सल्लाहकारहरुको पनि उपस्थित रहेको थियो ।

बैठकमा पार्टीको केन्द्रिय सर्कुलरको जानकारी गराउँनुका साथै पालिका भित्रका १२ वटै वडाको रिपोर्ट प्रस्तुत गरिएको थियो । बैठकले पालिकाका केही वडा हरुमा कार्य बिभाजन समेत गरेको छ ।

बैठक माओवादी केन्दका कार्यलय सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसालको अध्यक्षता, जिल्ला कमिटी सदस्य कृष्णहरि भुसालको संचालनमा सम्पन्न भएको थियो ।