सुरेशमणि त्रिपाठी ,
एम्.सी.सी ( MCC) भित्र सी.आई.ए (CIA) को एजेण्डा लुकेको थाह पाएछन्, आफ्नो पार्टी भित्र सत्ता कू गर्न लागेको पत्तै पाएनछन् । आफुलाई विद्वान देखाउन चर्को स्वरमा भाषण गर्दै हिडेछन्, विदेशी राजदूतावास को लिखित उद्देश्य बोकेर हिडेछन् । माओवादी गृह युद्ध के ले भएछ पत्तै पाएन छन् , माओवादी इन्सरजेन्सीमा पी.एच.डी (phd) गरेछन् ।
डाक्टर साहब को डाक्टर डीग्री फर्जी रहेछ, भन्ने कुरा जनतालाई आभाज भएछ । एम्.सी.सी(MCC) को विरोध गरेर जनतालाई अल्मल्याई राख्ने, छिमेकीसँगको व्यापार घाटा कहिले पूरा गर्ने? छिमेकीहरूले हामीहरुलाई जहिले दबाई राख्ने, हामीहरुले पनि एम्.सी.सी(MCC) पास गरेर देखाई दिने ।
विजुली नै व्यापार घाटा कम गर्ने नेपालको एक मात्र माध्यम हो, विदेशी राजदूतावासको लिखित उद्देश्य बोकेर हिड्नु डाक्टर साहब को विडम्बना हो। डाक्टर साहवले छाउपडी बारे कहिल्यै कतै बोलेनन्, छाउपडी समस्या समाधान गर्न कहिल्यै अग्रसर नै भएनन् । जब गयो कुर्सी तब राष्ट्रियता याद आयो, अब भन्ने पालो जनताको आयो ।
यस्ता राष्ट्रघाती अदुरदर्शी नेता हामीलाई चाहिएन, भोलीको दिनमा नेपाल (आमा)लाई विदेशीको हातमा सुम्पीने यस्ता नेताहरू चाहिएन ।