चक्रपाणी डुम्रे , तिलोत्तमा ।

विश्व हिन्दु महासंघ तिलोत्तमा नगर समिति र नगर महिला समितिकाे साधारण सभा शनिबार रूपन्देहीको भलवारीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले विश्व हिन्दु महासंघको वडा स्तरीय समिति विस्तारको आफुहरू लागिरहेको बताउदै सैनामैनामा पुर्णता पाएको जानकारी दिनु भएको थियोे । कार्यक्रममा विशिष्ट अतिथि विश्व हिन्दु युवा संघ रूपन्देहीका अध्यक्ष शिव मल्लले हिन्दु राष्ट्रको लागी आफुहरू जुरमुराएर लाग्ने बताउदै आफू हरू पहिला नेताको पछाडि लागेतापनी अब हिन्दुराज्य पुनःस्थापनको लागि नेताहरू आफुहरूको पछि लाग्न बाध्य गराउने बताउनुभएको थियो ।

नगर अध्यक्ष बाबुराम ज्ञवालीले गत वर्षको कार्य विवरण र आगामी वर्षको योजना बारे जानकारी दिनु भएको थियोे । त्यस्तै कार्यक्रममा महिला समितिको प्रतिवेदन राधा भुसालले र कोषाध्यक्षको प्रतिवेदन तारा प्रसाद भुसालले पेस गर्नु भएको थियो । कार्यकममा विश्व हिन्दु महासंघकोलाई सहयोग गरे बापत पूर्व डि. एस. पी रामकृष्ण हमाल र माधव राज पन्थी , इन्स्पेक्टर गणेश ज्ञवालीलाई पदोन्नति भएकोमा सम्मान गरिएको थियो ।

नगर उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेको स्वागत एवं धन्यवाद इन्दिरा गिरीले गर्नु भएको थियोे । कार्यक्रमको संचालन नगर कार्यवाहक सचीव सुष्मा हमालले गर्नुभएको थियो । कार्यक्रममा गगा शाही , हरि प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा महिला समितिले भजन किर्तन समेत गरेका थिए ।