पुस्तक तथा स्टेशनरी व्यवसायी संघ अर्घाखाँचिको अध्यक्षमा घिमिरे

331
गुणस्तरीय उत्पादन-मर्यादित व्यपार, नीति निर्माणमा पहुच-सांगठनिक आधार भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीकाे छैठौं जिल्ला अधिवेशन गुल्मी जिल्लाकाे पर्यटकिय स्थल मदाने गाउपालिका-६, कङ्के देउरालिमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव द्राेण प्रसाद भुुसालले स्टेशनरि व्यवसाय अाेझिलाे व्यवसाय भएकाेले व्यवसायलाई मर्यादित एकताबद्ध सामाजिक उत्तरदायित्व सहित व्यवसायीक रुपमा संगठित हुँदै अगाडि बढ्नु पर्नेमा जाेड दिनुभएकाे थियाे ।
अधिवेशनले उमेश घिमिरेकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेकाे छ । नव निर्वाचित कार्य समितिकाे प्रथम उपाध्यक्ष प्रदिप भण्डारि, द्वितीय  उपाध्यक्ष तारा प्रसाद घिमिरे, सचिव लेखनाथ भण्डारी, सह सचिव विनाेद गैरे, काेषाध्यक्ष दामाेदर बन्जाडे, सह काेषाध्यक्ष लक्ष्मण खड्का सदस्यहरुमा माेहनराज भुसाल,  कासिराम गैरे, गरिमा पन्थि पाेख्रेल, इन्दु भुसाल, इन्द्रमणि बन्जाडे, रामु खत्रि, जीवन श्रेष्ठ, प्रमाेद गाैतम रहनुभएकाे छ । यस्तै अधिबेशनले धनिश्वर पाण्डेकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति निर्वाचित गरेकाे छ । लेखा समिति सदस्यमा शिव कुँवर र विष्णुप्रसाद पाेख्रेल निर्वाचित हुनुभएकाे छ ।
कार्यक्रममामा प्रमुख अतिथि दाेर्णप्रसाद भुसाल र पुस्तक तथा स्टेशनरि व्यवसायि महासंघका पुर्व केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि सिद्धि प्रसाद भुसालले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित प्रमाण पत्र, सम्पूर्ण व्यवसायीहरुलाई व्यवसायीक अावद्धता प्रमाण पत्र प्रदान गर्दै व्यवसायिक सफलताको शुभकामना  व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम पुस्तक तथा स्टेशनरि व्यवसायी संघका जिल्ला अध्यक्ष नेत्र प्रसाद भुसालकाे अध्यक्षता,  उपाध्यक्ष  धनिश्वर पाण्डे काे स्वागत तथा सचिव प्रदिप भण्डारिकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।