योगेश भट्टराईले भने ‘परिणाम उल्टो हुने निश्चित छ’

362

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टलाईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भिम रावललाई अध्यक्ष केपी ओलीले गरेको कारवाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भिम रावललाई कार्वाही गरेसँगै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदैँ कारवाहीबाट उल्टो परिणाम निस्कने उनको चेतावनी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई अनुशासनको कारवाही गर्दै ६ महिनाको लागि निलम्बन गरेका थिए ।

निलम्बन गरेसँगै माधव नेपाल पक्षका नेता भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ? परिणाम उल्टो हुने निश्चित छ ? फर्कनु नै कल्याण हुने छ ?’