File photo

घनश्याम पौडेल
अर्घाखाँची, १६ चैत्र । अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिका वडा नं. ८ पाली अर्घाखाँचीमा यतिबेला भिषण आगलागि भैईरहेको छ ।

पालिको कोल्लाणि पाँखा सामुदायिक बन र जनकल्याण सामुदायिक बन बरपोख्रामा लागेको आगो नियन्त्रण बाहीर रहेको प्रहरी चौकी पालीका प्रमुख गन्जबहादुर घर्तीले हिन्दुखबरलाई टेलिफोनमा बताए ।

आगोलागी जंगलभन्दा तिनसय मिटर बस्ती रहेको छ, बस्ती जोगाउने गरी आगो नियन्त्रण गर्न प्रयास गरिएको छ, घर्तीले भने ।

साविक पाली गाविस वडा नं. ५ र ६ को कमला मावि तथा कोट आसपासको वस्ति जोखिममा परेको छ । आगो नियन्त्रणका लागी प्रहरी, शशस्त्र प्रहरी, स्थानियले प्रयास गरिरहेको छ ।

सोमबार दिउँसोबाट फैलिएको आगो नियन्त्रणका लागि स्थानिय, ईलाका प्रहरि चौकि पालि तथा सदरमुकाम सन्धिखर्कबाट आएको शशस्त्रको टिम परिचालित भएपनि आगो यो समाचार लेख्दा लेख्दा (८ः५५) बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागी सन्धिखर्कबाट दमकल बोलार्इए पनि समाचार तयार पार्दासम्म नआएको प्रहरीले बताएको छ ।