अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी एमाले अर्घाखाँचीले कारवाही गरेपछी नेकपा एमालेका पार्टी सचिव तथा समानान्तर कमिटीका अध्यक्ष रामबहादुर चौहानले सामाजिक संजालमा आक्रोश व्यक्त गरेका छन् ।
सोमबार नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले चौहानलाई कार्वाही गरेर प्रेस विज्ञप्ती जारी गरेका थिए ।
कार्वाही भएको जानकारी थाहा पाएपछि नेमालेका तत्कालिन जिल्ला सचिव समेत रहेका नेता चौहानले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।
बिधान बिपरित हामी माथी गरिएको तथाकथित र बकम्फुसे कारबाहीको कुनै अर्थ छैन । कोही थिरिक्क गर्नेवाला पनि छैन । न केन्द्रमा माधव कमरेड , भिम कमरेड थिरिक्क गर्नुहुन्छ , न अर्घाखाँची जिल्लामा चौहान , थापा र भुसाल कमरेड थिरिक्क गर्ने वाला छन् । ओलि र चेतन जी को बकम्फुसे कारबाही गोडामा पिसाब फ़ेरि न्यानो सिवाय अरु केहि हुन सक्दैन । यस्ता ताई न तुईका अफवाह देखी कोही तर्सिने वाला छैन । काग कराउँदै गर्छ , पिना सुक्दै गर्छ , कुकुर भुक्दै गर्छ , हात्ती हिन्दै गर्छ ।