देउवालाई भेटन बुढानिलकण्ठ पुगे माओवादी अध्यक्ष प्रचण्ड

311
File photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दउँवा निवास पुगेका छन् ।

 

देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ।

उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो। प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन्।