भारतिय डिजाइनमा पार्टी फुटाईयो: केन्द्रीय सदस्य खड्का

321

शोभाखर पन्थी
अर्घाखाँची, चैत १७ । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले भारतीय डिजाइनमा नेकपा बिभाजन गरिएको बताउनुभएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवासंघ, नेपाल सन्धिखर्कको भेलामा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमि समेटिएको नक्शा जारी गरे सँगै सरकार र पार्टीको बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउनुभयो ।

May be an image of 4 people, including Shreekrishna Bhusal and Bidhan Rayamajhi, people standing and people sitting

उहाँले राष्ट्रिय स्वाधीनता, बिकास र समृद्धिको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नु भएको प्रभावकारी कदम बाट अताल्लिएर प्रतिक्रियावादी शक्तिहरुले पार्टी र सरकारलाई घेराबन्दी गरेको आरोप लगाउनुभयो ।

May be an image of 4 people, people standing and people sitting

युवानेता शन्तोष बस्नेतको अध्यक्षता र लक्ष्मण केसीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यालय सदस्य द्वय पिताम्बर भुसाल, जिवनारायण कोईराला,जिल्ला सचिवालय सदस्य शम्भु पोख्रेल, श्रीकृष्ण भुसाल, खुविराम आचार्य, बिजुला रायमाझी, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव गोविन्द भुसाल, केन्द्रीय सचिवालय सदस्य गोविन्द आचार्य, शोभाखर पाण्डे, झविन्द्र घिमिरे, केन्द्रीय सदस्य ज्ञानेन्द्र घिमिरे ,बिक्रम खनाल,भेषराज क्षेत्री ,दिपक परियार, दिपक भुसाल, सीता भुसाल बन्जाडे लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको कार्यक्रममा युवानेता प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

May be an image of 4 people, including Shreekrishna Bhusal, people sitting and people standing

भेलाले लक्ष्मण केसी संयोजक ,प्रकाश श्रेष्ठ सहसंयोजक र कमरदिन मियाँ सचिव रहेको राष्ट्रिय युवासंघ नेपाल सन्धिखर्क नगर कमिटीको चयन गरेको छ ।