कोरोना जोखिमः अर्घाखाँचीमा थप कडाई, भारतबाट आउँनेलाई क्वारेन्टाईनमा राखिने

399

अर्घाखाँची । जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ ।

कोरोनाको जोखिम बढिरहेका बेला त्यस्को प्रभाव कम गर्न सरोकारवालाहरुको बैठक बसेको हो । अर्घाखाँची कोरोनाको उच्च जोखिममा रहेकाले थप कडाई गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठक पछी जिल्ला प्रशासन कार्यालयले पाँच बुँदे सुचना पनी जारी गरेको छ । भेला, जमघट, गोष्टी, सेमिनार, खेलकुद लगायत जमघट हुने कुनै क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

यस्तै स्वास्थ्यका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने जिल्लावासीलाई अनिवार्य होम क्वारेन्टाईनमा बस्न र कोरोना परिक्षण गराउन पनी आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरका प्रमुख कमलप्रसाद भुसाल, भुमिकास्थानका मेयर रेशम थापा, जिल्ला अस्पतालका प्रमुख कपिल गौतम, स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापा, सुरक्षा निकायका प्रतिनिधी, राजनिती दलका प्रमुख, पत्रकार लगायतको सहभागीता रहेको थियो ।