बुटवल, चैत १८ । नेपाल पत्रकार महासंघ रुपन्देहीमा नेपाल प्रेस यूूनियनको नेतृत्वमा संयुक्त लोकतान्त्रिक प्यानल तयार भएको छ । गएराती अवेर सकिएको संयुक्त संगठनहरुको बैठकले चैत २५ गते हुने हुने निर्वाचनमा संयुक्त प्यानल बनाएर जाने निर्णय गरेको हो ।
पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, श्रमजिवि पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्रको पक्षमा रहेर पत्रकार महासंघको गरिमा बचाउँदै साझ संगठनका रुपमा नेपाल प्रेस यूूनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल र क्रन्तिकारी पत्रकार महासंघ रुपन्देहीले एकताबद्ध भएर चुनावमा होमिने प्रतिबद्धता जनाएका छन ।
अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।अग्रमन पक्षधरका अन्य पत्रकार संगठनसँग समेत एकता गरेर अघि बढ्ने निर्णय भएको नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसालले नागरिक अनलाइनलाइ जानकारीले दिईन ।
सबै संगठनहरु एकताबद्ध भएर निर्वाचनमा होमिने निर्णय भएको प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझीले बताए ।
नेपाल प्रेस यूूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियार, प्रगतिशिल पत्रकार संघ, नेपाल रुपन्देहीका सचिव डि आर बन्जाडे र क्रन्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेक बहादुर मास्की रानाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।