घनश्याम पौडेल
(बर्दिया ठाकुरबाबा, १८ चैत्र) । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले ‘गाउँपालिकाको विकासका आवधिक विकास निर्माण योजना महत्वपुर्ण हुने बताउँनुभएको छ।’ अध्यक्ष आचार्यले मालारानी गाउँपालिका हरेक क्षेत्रमा अगाडी रहेको बताउँनुहुदैँ नेपालमै नमुना गाउँपालिका बनाउँन लागिरहेको बताउँनुभयो ।
मालारानी गाउँपालिकाको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको परामर्शमा बर्दियाको ठाकुरबाबा स्थित बबई रिसोर्टमामा भएको गाउँपालिकाको बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीमा विषयबस्तुमाथि प्रकाश पार्नुहुदैँ अध्यक्ष आर्चायले सहकारीको माध्यमबाट समृद्ध गाउँपालिका बनाउँने बताउँनुभयो ।
उहाँले मालारानी गाउँपालिकाभित्रका ९ वटा वडा मध्ये ८ वटा वडामा वडा कार्यालय भवन चालु आवमा सम्पन्न हुने बताउँनुभयो । गाउँपालिकाभित्र रहेका मालारानी मन्दिर, नरसिंह थान, रागामारे मन्दिर लगाएतका धार्मिक तथा पर्यटकिय स्थलको स्तरोन्ती गरेको बताउँनुभयो ।
मालारानीको हंसपुरमा होमस्टे सञ्चालनमा आएको र थप व्यवस्थीत रुपले आगामी दिनमा अगाडी बढाउँने बताउँनुभयो । उहाँले गाउँपालिका भित्रका सबै बासीन्दालाई सहकारीमा आवद्ध गराई समृद्ध बनाउँने बताउँनुभयो ।
उहाँँले गाउँपालिकाको प्रशासकिय भवन बन्दै गरेको, बोरिङ्ग प्रविधीमार्फत पानी निकालेको, कृषि र पशुपालनका क्षेत्रमा कृषकहरुलाई अनुदान दिएको बताउँनुभयो । अध्यक्ष आर्चायले ‘एक काम दुई पन्त भनेजस्तै ‘भ्रमणको बजेट मार्फत यो गोष्ठी बर्दियामा ल्याएर गरेको बताउँनुहुदैँ एकै पटक दुई काम भएको स्पष्ट पार्नुभयो।’ उहाँले हेफर कार्यक्रम मार्फत बाख्रापालनमा गाउँपालिका पकेट क्षेत्र बन्ने बताउँनुभयो ।
मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बर्दियाको अबलोकन सँगै गरिएको गोष्ठी प्रभावकारी हुने बताउँनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउँनका लागी महिला लक्षित तालिम सञ्चालन गर्ने गरेको बताउँनुभयो । गाउँपालिकाका हरेक बासीन्दालाई समृद्ध बनाउँनमा गाउँपालिकाले जोड दिएको बताउँनुभयो ।
मालारानी गाउँपालिकाले तयार गर्न लागेको आवधिक विकास निमार्ण योजनाको कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा. ईश्वर गौतम, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा. गोविन्दराज पोख्रेल, लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेलले मालारानी गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराउँनुभएको थियो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी, गाउँपालिकाका प्रवक्ता बालकृष्ण आचार्य, शाखा प्रमुखहरु, वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो । गोष्ठी २० गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन समारोह मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत, कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
तिन दिनसम्म सञ्चालन हुने गोष्ठमीमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको पनि उपस्थिती रहने गाउँपालिकाले जनाएको छ ।