१० दिनभित्रमा नौमुरे जलविद्युतको कार्यालय स्थापनमा भई काम सुरु हुन्छः मन्त्री रायमाझी

479

घनश्याम पौडेल
बर्दिया ठाकुरबाबा, १८ चैत्र । उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले १० दिनभित्रमा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यालय स्थापना हुने बताउँनुभएको छ । अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २८२ मेगावाटको नौमुरे जलविद्युत आयोजनाको तत्काल अगाडी बढने बताउँनुभयो ।

तत्कालीन समयमा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वि.सं. २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भई भारत भम्रणको बेला भारत सरकारले नौमुरेलाई उपहार स्वरुप बनाइदिने प्रतिवद्धता जनाएको थियो । तर काम अगाडी बढन सकेको थिएन् ।

नौमुरे आयोजनाको काम सुरु भएपछि सम्रग लुम्बिनी प्रदेश नै नमुना प्रदेश बन्ने बताउँनुभयो ।

मालारानी गाउँपालिकाको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको परामर्शमा बर्दियाको ठाकुरबाबामा भएको गाउँपालिकाको बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री रायमाझीले ‘आबधिक विकास निमार्ण योजनामा उल्लेख भएका विकास निमार्णका कामहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।’ तयार पारेको आवधिक विकास निर्माण योजना कार्यान्वयनको समय ५ वर्र्षमा अर्घाखाँचीका सडक कालोपत्रे हुने बताउँनुभयो ।

मालारानी गाउँपालिकाले नमुना कामको सुरुवाती गरेको भन्दै मन्त्री रायमाझीले आबधिक विकास निमार्णमा संघीय सरकारबाट गर्न सक्ने विकास निमार्णका हरेक काममा गाउँपालिका तथा अर्घाखाँची जिल्लालाई सघाउँने प्रतिवद्धता जनाउनुभयो ।

गोष्ठीका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले ‘गाउँपालिकाको विकासका आवधिक विकास निर्माण योजना महत्वपुर्ण हुने बताउँनुभयो ।’ अध्यक्ष आचार्यले मालारानी गाउँपालिका हरेक क्षेत्रमा अगाडी रहेको बताउँदैँ नेपालमै नमुना गाउँपालिका बनाउँन लागिरहेको बताउँनुभयो ।

मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बर्दियाको अबलोकन सँगै गरिएको गोष्ठी प्रभावकारी हुने बताउँनुभयो र उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउँनका लागी महिला लक्षित तालिम सञ्चालन गर्ने गरेको बताउँनुभयो ।
मालारानी गाउँपालिकाले तयार गर्न लागेको आवधिक विकास निमार्ण योजनाको कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा. ईश्वर गौतमले विकासका लागी आवधिक योजना अनिवार्य रहेको बताउँनुभयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा. गोविन्दराज पोख्रेलले गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउँनुभयो । ‘गाउँपालिका भित्र सञ्चालन साना, मझौला तथा ठुला विकास निमार्णका कामका लागी आवधिक योजना महत्वपुर्ण हुन्छ, योजनाको आधारमा रहेर बजेट विनियोजन गर्नुपर्छ ।’

स्थानिय सरकारसँग प्रशस्त बजेट नभएमा प्रदेश र संघमा बजेट माग गर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउँनुभयो ।
गोष्ठीमा लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेलले मालारानी गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन समारोह मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत, कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

सहकारी, कृषि, पशुपालन मार्फत समृद्ध गाउँपालिकाः अध्यक्ष आचार्य