काठमाडौं । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले अब चाँडै केन्द्रमा पनि केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन हुने घोषणा गरेका छन् ।

विहीवार विहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए ।
नेपालले भने–अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरु अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।

नेता नेपालले धेरै युगवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारवाहीबाट नडग्ने बताए ।

एमालेले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्वन गरेको छ । नेपालसँगै अर्का नेता सुरेन्द्र पाण्डे पनि कास्की पुगेका छन् ।नेपाल प्रेसबाट