समर्थन फिर्ताबारे माओवादीको निर्णय अल्झीयो, अझै केही दिन पर्खिने

184

काठमाडौं, १९ चैत्र। नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिन सकेन ।

अझै केही दिन निर्णय नगर्ने भएको माओवादी केन्द्रले जनाएको छ ।

शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरुलाई जानकारी गराए ।