ठाकुरबाबा नगरपालिका बर्दिया र मालारानी गाउँपालिकाबिचँ अनुभव आदानप्रदान

290

घनश्याम पौडेल
ठाकुरबाबा बर्दिया, १९ चैत्र । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले ५ वर्षका लागी बनाउँन लागेको विकासको खाका आवधिक योजनाको लागी बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीमा ठाकुरबाबा नगरपालिका बर्दिया र मालारानी गाउँपालिकाबिच अनुभव आदानप्रदान भएको छ ।

१८ गतेबाट सुरु भएको कार्यशाला गोष्ठीमा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले नगरमा भएको विकास निमार्णको कामबारे संक्षिप्त जानकारी गराउँदै विकासका लागी आवधिक योजना महत्वपुर्ण भएको बताउँनुभयो ।

गोष्ठीमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले ‘गाउँपालिकाको विकासका आवधिक विकास निर्माण योजना महत्वपुर्ण हुने बताउँनुभयो ।’

मालारानी गाउँपालिकाले तयार गर्न लागेको आवधिक विकास निमार्ण योजनाको कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा. ईश्वर गौतमले विकासका लागी आवधिक योजना अनिवार्य रहेको बताउँनुभयो ।

लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकालीले गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउँनुहुदैँ ‘गाउँपालिका भित्र ार्णका कामका लागी आवधिक योजना महत्वपुर्ण हुन्छ, योजनाको आधारमा रहेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी, लुम्बिनी सामाजिक विकास केन्द्रका विज्ञ इन्द्रमणि पौडेल, कार्यकारी निर्देशक कृष्ण पौडेलले मालारानी गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराउँनुभएको हो ।

गोष्ठीमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, सरोकारवालाहरुको उपस्थिती रहेको कार्यशाला गोष्ठी भोली सम्पन्न हुने गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्र खनालले बताउँनुभयो ।