मालारानीकाे नारा फेरियाे: कृषि, पर्यटन र सहकारी, समृद्ध मालारानी !

305

घनश्याम पाैडेल
अर्घाखाँची, १९ चैत । अर्घाखाँची जिल्लाकाे मालारानि गाउँपालिकाले नारा परिवर्तन गरेकाे छ । मालारानि गाउँपालिकाभित्रका बासिन्दालाई समृद्ध बनाउँने आधार तय गर्दै कृषि, पर्यटन र सहकारी, समृद्ध मालारानी नारा तय गरेकाे छ ।

मालारानी गाउँपालिकाले निर्माण गर्न लागेकाे पञ्चवर्षिय आवधिक याेजना मार्फत नारा परिवर्तन गरिएकाे हाे । परिवर्तन गरेकाे नारा गाउँ कार्यपालिकाकाे बैठकबाट पास गरि कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बताउँनुभयाे ।

मालारानि गाउँपालिका कृषि, पर्यटन र सहकारीकाे माध्यबाट समृद्ध बन्न सक्ने भएकाले सबैकाे सुझाव सल्लाहमा उक्त नारा तय गरिएको उपाध्यक्ष प्रमिला क्षेत्रिले बताउँनुभयाे । लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकालीले गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने बताउँनुहुदैँ ‘गाउँपालिका भित्र निर्माणका कामका लागी आवधिक योजना महत्वपुर्ण हुन्छ, योजनाको आधारमा रहेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी, लुम्बिनी सामाजिक विकास केन्द्रका विज्ञ इन्द्रमणि पौडेल, कार्यकारी निर्देशक कृष्ण पौडेलले मालारानी गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराउँनुभएको हो ।

गोष्ठीमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, सरोकारवालाहरुको उपस्थिती रहेको कार्यशाला गोष्ठी भोली सम्पन्न हुने गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्र खनालले बताउँनुभयो ।