घनश्याम पाैडेल
अर्घाखाँची, २२ चैत । मालारानि गाउँपालिकाका अध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले सहकारीकाे माध्यमबाट समृद्ध जनता बन्ने बताउनुभएको छ ।
अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाकाे पाँचौ साधारणसभा तथा अधिवेशनकाे उद्घाटन गर्दै अध्यक्ष आचार्यले सहकारीकाे माध्यमबाट जनता सम्पन्नशालि बन्ने बताउँनुभयाे ।
उहाँले स्थानीय सरकारले सहकारी मार्फत कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँनुहुदैँ व्यवस्थित रूपमा मर्ज गरेर अगाडि बढ्नुपर्ने बताउँनुभयाे ।
अध्यक्ष आचार्यले मालारानिकाे मुल आधार कृषि, पर्यटन र सहकारी मुख्य एजेन्डा रहेकाले कृषि, पर्यटन र सहकारीबाट समृद्ध पालिका बन्ने बताउँनुभयाे ।
साेहि कार्यक्रमकाे उद्घाटन समाराेहमा हिन्दुखबर डटकमका प्रबन्ध सम्पादक पत्रकार घनश्याम पाैडेल, साथि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मराज भुसाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्थाका प्रदेश सदस्य रूद्र श्रेष्ठ, जिल्लाका विभिन्न सहकारीका अध्यक्षहरूकाे उपस्थिती रहेकाे थियाे ।
उद्घाटन सत्र जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालकाे अध्यक्षता, वरिष्ठ उपाध्यक्ष द्राेणप्रसाद भुसालकाे सञ्चालन र उपाध्यक्ष पार्वता भुसालकाे स्वागतमा सम्पन्न भएकाे हाे ।
उद्घाटन समाराेह पछि पाँचौ साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे छ । जसकाे अध्यक्षमा द्राेणप्रसाद भुसाल, उपाध्यक्षमा चन्द्रप्रसाद श्रेष्ठ, पार्वति भुुसाल,सचिवमा पार्वता भुसाल, काेषाध्यक्षमा यमकला बन्जाडे सर्वसम्मत चयन भएकाे निर्वाचन समितिका संयाेजक कृष्ण पाैडेलले बताउँनुभयाे ।
जसकाे सदस्यहरूमा गाेपाल पाैडेल, नरहरि श्रेष्ठ, मिनबहादुर थापा, चुरामणि खत्री, शिवकला विश्वकर्मा, मिश्रा आचार्य, जगतप्रसाद आचार्य, विष्णु मायाँ पन्थि, भविश्वर पन्थि चयन हुनुभएको छ ।