अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघकाे अध्यक्षमा द्राेण भुसाल चयन

210

घनश्याम पाैडेल
अर्घाखाँची, २२ चैत । अर्घाखाँची बचत तथा ऋण सहकारी संघले नयाँ नेतृत्व चयन गरेकाे छ । उद्घाटन समाराेह पछि पाँचौ साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे छ ।

जसकाे अध्यक्षमा द्राेणप्रसाद भुसाल, उपाध्यक्षमा चन्द्रप्रसाद श्रेष्ठ, पार्वति भुुसाल,सचिवमा पार्वता भुसाल, काेषाध्यक्षमा यमकला बन्जाडे सर्वसम्मत चयन भएकाे निर्वाचन समितिका संयाेजक कृष्ण पाैडेलले बताउँनुभयाे ।

जसकाे सदस्यहरूमा गाेपाल पाैडेल, नरहरि श्रेष्ठ, मिनबहादुर थापा, चुरामणि खत्री, शिवकला विश्वकर्मा, मिश्रा आचार्य, जगतप्रसाद आचार्य, विष्णु मायाँ पन्थि, भविश्वर पन्थि चयन हुनुभएको छ ।